पोखरामा रास्वपाको प्रदर्शन: रविका स्वकीय सचिवसहित ११ जना पक्राउ
पाेखरा | कात्तिक २०, २०८१
पोखरा: रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रिहाइको माग गर्दै गरिएको प्रदर्शनमा झडप भएको छ ।
रविका समर्थकहरु निषेधित क्षेत्र नजिक पुग्न खोजेपछि कास्की प्रहरीले २ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।
त्यसपछि भीड झन आक्रोशित बनेको थियो ।
त्यही क्रममा कास्की प्रहरीले लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित ११ जनालाई पक्राउ गरिएको रास्वपाका केन्दीय विभाग सदस्य उत्तम पौडेलले जानकारी दिए ।
उनका अनुसार अहिले शान्तिपूर्ण तरिकाले नाराबाजी भइरहेको छ ।
पक्राउ परेकाहरुलाई विनाशर्त रिहाइको माग गर्दै उनले राजनीतिक प्रतिशोध साँध्दै सरकार उधो गतिमा लागेको टिप्पणी गरे । पक्राउ परेकाहरुलाई अहिले वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।
आज लामिछानेलाई कास्की जिल्ला अदालत पेश गरिने भएपछि रास्वपाले विरोध कार्यक्रमको तयारी गरेको थियो । सोही अनुरुप अहिले पनि वाइचोकमा विरोध प्रदर्शन भइरहेको छ ।
थप तस्बिरहरु:-












काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

